लायन्स क्लव अफ अर्घाखाँचीद्धारा बिद्यार्थीहरुलाई झोला बितरण

२९ पुष २०७९, शुक्रबार २०:५० 0 Minutes 87 Views

श्याम घिमिरे,
पुष २९ सन्धिखर्क
लायन्स क्लव इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४४ औ जन्मजयन्तिको अवसरमा लायन्स क्लव अफ अर्घाखाँचीले पाणिनि वेदविद्याश्रम सन्धिखर्कमा अध्ययनरत बिद्यार्थीहरुकालागी सुक्रवार एक कार्यक्रमको आयोजनागरी झोला बितरण गरेको छ । लायन्स क्लव अफ अर्घाखाँचीका संस्थापक अध्यक्ष हरीप्रसाद भुसालको प्रमुख आतिथ्यता , संस्थाका अध्यक्ष कृष्णप्रसाद भुसालको अध्यक्षता,प्रकाश परीयारको स्वागत मनतब्य र मिरा सेजवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा पाणिनि वेदविद्याश्रम सञ्चालक समितिका सचिब कृष्णप्रसाद भुसाल, पत्रकार श्याम घिमिरे लगायतले शुभकामना मनतब्य राख्दै संस्थाको महान कार्यप्रति मुक्तकण्ठले प्रसंशा गरेका थिए ।

कार्यक्रममा वेदविद्याश्रममा अध्ययनरत झण्डै ३५ जना बिद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरीएको होे । दुईबर्ष अगी मात्र स्थापना भएको क्लवले जिल्लामा बिभिन्न सामाजिक कार्यहरु गर्दे आईरहेको छ ।

kk

ताजा समाचार