जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघ अर्घाखाँचीको वार्षिक साधारण सभा सम्पन्न

७ माघ २०७९, शनिबार १८:३७ 1 Minute 122 Views

श्याम घिमिरे
माघ ७ अर्घाखाँची-

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले समृद्ध नेपाल निर्माणकोलागी सहकारीको आवश्यकता अपरीहार्य रहेको बताउनु भएको छ । जिल्ला सहकारी संघ लिमिटेड अर्घाखाँचीको दशौं वार्षिक साधारण सभा तथा अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको सातौं वार्षिक साधारण सभाको सनिवार सन्धिखर्कमा संयुक्त रुपमा उद्घाटन गर्दे कोइरालाले यस्तो बताउनु भएको हो । कोइरालाले सहकारी अभियान राष्ट्रको समृद्धिको अभियान भएको भन्दै सहकारी मुलुकको आर्थिक समृद्धिको लागी नभई नहुने अंग भएकोले यसको बिकासकालागी सबै क्षेत्रको सहयोगको आबश्यकता रहेको समेत बताउनु भयो । कोइरालाले सहकारीलाई कृषि क्षेत्र संगै बिभिन्न आयआर्जनको क्षेत्रमा कामगर्न आग्रह समेत गर्नुभयो ।

जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता र सचिव धर्मराज भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दोर्ण भुसाल र जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसालले जिल्लामा संघको बर्तमान अबस्था, संघले गरेका मुख्य कार्यहरु,भाबी योजना र संघको निति लगायतका बिषयबस्तुहरुको बारेमा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा सुपरीबेक्षक समितिका संयोजक जगत प्रसाद आचार्यले लेखा प्रतिबेदन पेस गर्नुभएको थियो । साधारण सभाले जिल्लामा सहकारी क्षेत्रको बिकासको बारेमा महत्वपुर्ण निर्णयहरु गरेको जिल्ला सहकारी संघका अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

कार्यक्रममा कृषि सहकारी संघ लुम्विनि प्रदेश सदस्य प्रेमनारायण बेल्वासे, जिल्ला अध्यक्ष लक्ष्मण कँडेल, बचत तथा ऋण सहकारी संघ लुम्विनि प्रदेश सदस्य रुद्र श्रेष्ठ लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो । जिल्ला सहकारी संघमा ७२ वटा सहकारी संस्थाहरु आबद्ध रहेका छन भने जिल्ला बचत तथा ऋण सहकारी संघमा ३२ वटा बचत तथा ऋण सहकारी संस्थाहरु आबद्ध रहेको संस्थाले जनाएको छ ।

https://www.facebook.com/100001155294047/videos/572397327760661/

kk

ताजा समाचार