समृद्ध नेपाल र सुखि नेपालीकोलागी ‘मिसन ग्रासरुट’ – एमाले अध्यक्ष ओली

१२ चैत्र २०७९, आईतवार १८:४२ 1 Minute 99 Views

श्याम घिमिरे,
चैत्र १२ अर्घाखाँची – 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखि नेपाली बनाउनकोलागी पार्टीले सांगठनिक अभियान  अन्तर्गत ’मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताउनुभएको छ । पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण भेलालाई आईतवार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सम्बोधन गर्दे ओलीले यस्तो बताउनुभएको हो ।

ओलीले आउँदो निर्वाचनमा एमाले एक्लैले ५१ प्रतिशत भन्दा बढी सिट जित्ने लक्ष्यका साथ ’मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको भन्दै पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई अनुशासित, विनम्र र साथी बनेर गाउँमा जान आग्रह गर्नुभयो ।

एमाले विरुद्ध जतिसुकै गठबन्धन भएपनि आम नागरिक एमालेकै पक्षमा रहेको बताउदै अध्यक्ष ओलीले एमालेले संकल्प गर्यो भने एमालेलाई कसैलेपनि हराउन नसक्ने दाबि समेत गर्नुभयो । ओलीले यसप्रकारको अभियानले आन्तरिक पार्टी जीवनमा देखापरेका अन्तरविरोधलाई समाधान गरी पार्टीलाई देशको सबैभन्दा बलियो शक्तिका रूपमा स्थापित गराउने बताउनुभयो ।

फरक प्रसंगमा ओलीले नेपालमा जनताको माया सबैभन्दा बढी आफुलेनै पाएको भन्दै कसैले छौडा खेलाउदैमा एमाले कमजोर नहुने दाबि समेत गर्नुभयो । एमाले अर्घाखाँची अध्यक्ष पिताम्वर भुसालको अध्यक्षता र सचिब बिधान रायमाझीको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले सचिब टोपबहादुर रायमाझी, बिदेश बिभाग प्रमुख राजन भट्टराई,केन्द्रीय सदस्य सुर्य थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 

 

 

kk

ताजा समाचार