अर्घाखाँची : ट्राफिक चेकजाँच संगै स्वास्थ्य परिक्षण

२१ जेष्ठ २०८०, आईतवार १९:३५ 1 Minute 87 Views

श्याम घिमिरे,
जेठ २१ अर्घाखाँची

जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीको आयोजनामा सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा सहचालकहरुको आँखा तथा स्वास्थ्य परिक्षण कार्यक्रम आज आईतवार शितगंगा नगरपालीकाको ठाडादहमा सम्पन भएको छ । ट्राफिक जनचेतना कार्यक्रम अन्तर्गत  दक्ष तथा मान्यताप्राप्त चिकित्सकद्धारा परीक्षण गरीएको कार्यक्रममा विभिन्न सवारी साधनका १५१ जना चालक र सहचालकहरुको स्वास्थ्य परिक्षण एवं आँखा चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी सहायक हवल्दार विष्णु केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख होमनाथ रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख हरि बहादुर खत्री, ठाडा प्राथमिक स्वास्थ्य केन्द्र  अन्तर्गत आँखा उपचार केन्द्रका प्रमुख किरण ढुंगाना, अस्थायी ट्राफिक पोष्ट ठाडाका ट्राफिक प्रमुख विष्णु अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समय जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुका अलवा जिल्लाका बिभिन्न सडकहरुमा ट्राफिक सचेतनामुलक सम्बन्धी होर्डिङ् बोर्ड राख्ने कार्यलाई तिब्रता दिएसंगै आगामी दिनमा दुर्घटना न्यूनिकरण हुनेमा आम नागरीकले अपेक्षा गरेका छन ।

 

kk

ताजा समाचार