श्याम घिमिरे
जेठ ३१ अर्घाखाँची
सन्धिखर्क नगरपालीकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले शिक्षक अभिभावक र बिद्यार्थीको त्रिकोणात्मक समन्वय भएमा मात्रै शिक्षाको गुणस्तरमा वृद्धि गर्न सकिने बताउनुभएको छ । सन्धिखर्क नगरपालीका २ चुत्राबेसीमा रहेको जनज्योति माध्यमिक विद्यालयको पुरस्कार वितरण तथा अभिभावक दिवसलाई आज बुधवार सम्बोधन गर्दे श्रेष्ठले यस्तो बताउनु भएको हो ।
सन्धिखर्क नगरपालीकाको मातहतमा सञ्चालीत सामुदायिक बिद्यालयहरुमध्ये जनज्योति माबि धेरै बिद्यार्थी र अभिभावको रोजाईमा पर्न सफल भएको भन्दै श्रेष्ठले खुःसी समेत व्यक्त गर्नुभयो । आफुलेपनि यसै बिद्यालयमा अध्ययन गरेको बताउदै श्रेष्ठले सामुदायिक बिद्यालयहरुमा शिक्षाको गुणस्तर बृद्धि गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले सामुदायिक बिद्यालयहरुको समग्र बिकासकोलागी नगरपालीका सधैभरी लागी पर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालय व्यबस्थापन समितिका का.वा अध्यक्ष कमलप्रसाद घिमिरेको अध्यक्षता शिक्षक तेजुराम पराजुलीको स्वागत मन्तब्य र शिक्षक नन्दराम भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडानम्वर २ का वडाअध्यक्ष मोतिजंग रायमाझी, शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख मनिराम पराजुली,नगर शिक्षा शाखा प्रमुख मञ्जु आचार्य,अर्घाखाँची आबासीय माबिका प्रिन्सिपल चोपनारायण बन्जाडेलगायतले शुभकामना मनतब्य राख्नु भएको कार्यक्रममा बिद्यालयका प्र.अ. माधव आचार्यले बिद्यालयको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा प्रथम,द्धतिय, तृतिय र अतिरीक्त क्रियाकलाप लगायतका विधामा उत्कृष्टता हासील गर्ने बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरीएको थियो । बिद्यालयमा अध्ययनरत बिद्यार्थी लगायत अभिभावकको उल्लेखनिय उपस्थिती रहेको कार्यक्रममा बिद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । जिल्लाकै शैक्षिक धरोहरको रुपमा स्थापित बिद्यालय ६० बर्ष अगाडी स्थापना भएको थियो ।
kk