देउराली बहुउद्देश्य सहकारी संस्था लिमिटेडका नवनिर्वाचित पदाधिकारीहरुद्धारा शपथ ग्रहण

९ असार २०८०, शनिबार ०७:४३ 1 Minute 114 Views

श्याम घिमिरे,
असार ९ अर्घाखाँची,

देउराली बहुउद्देश्य सहकारी संस्था लिमिटेडका नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । सन्धिखर्कको गुन्टेखोलामा रहेको देउराली यातायात अर्घाखाँची प्रालिको सभाहलमा सुक्रवार एक कार्यक्रमको आयोजना गरी निर्वाचन समितिका संयोजक टोपलाल खनालले शपथ ग्रहण गराउनु भएको हो । आर्थिक बिकास र सामाजिक रुपान्तरणकालागी सहकारी भन्ने मुख्य नारा सहित यहि असार ५ गते सन्धिखर्कमा सम्पन्न भएको भेलाले गोबिन्द बन्जाडेको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समितिको गठन गरेको हो । जसको उपाध्यक्षमा भेष बहादुर बिसी, सचिवमा प्रेम प्रकाश पाण्डे र कोषाध्यक्षमा सुजाता भण्डारी पिसी निर्वातिच हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा क्रमशःविष्णु बहादुर पन्थी,मिना भट्टराई, जानका बस्याल खड्का,केयरसिंह खनाल र बेदराज घिमिरे सर्बसम्मत रुपमा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै भेलाले योगेन्द्र बहादुर खड्काको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपेरीबेक्षण समितिको पनि गठन गरेको छ । जसको सदस्यमा बलराम भुसाल र मोहन बिक्रम जिसी रहनु भएको छ । निर्वाचन समितिका संयोजक टोपलाल खनालको अध्यक्षता र सहकारीका व्यवस्थापक पदम भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा निर्वाचन समितिका सदस्य युवराज खत्रिले बधाई सहित शुभकामना मनतव्य राख्नु भएको थियो ।

यसैबिच नवनिर्वाचित अध्यक्ष बन्जाडेले नियमित कारोबार संगै आपसी विश्वास र गुणात्मक सेवाबाट राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा सहकारीले महत्वपूर्ण योगदान गर्ने बताउनु भएको छ । सपथग्रहण पछि आफ्नो प्रतिबद्धता मनतब्य व्यक्त गर्दे बन्जाडे सहकारीहरुको भिडमा छुट्टै उद्देश्य र पहिचान बोकि नयाँ सहकारीको स्थापना गरीएको भन्दै सबैको सहयोग भएमा सहकारीलाई नमुना सहकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

 

 

kk

ताजा समाचार