कृष्ण खत्री स्मृति अक्षय कोष स्थापना

१९ असार २०८०, मंगलवार ११:१८ 0 Minutes 367 Views

श्याम घिमिरे,
असार १९ अर्घाखाँची

भुमिकास्थान नगरपालीका वडानम्वर ४ धारापानी निवासी स्वर्गीय कृष्ण बहादुर खत्रीको प्रथम वार्षिक पुण्यतिथि पारेर सोमवार शान्ति माध्यमिक बिद्यालय धारापानीमा अक्षय कोष स्थापना गरीएको छ । आर्थिक अभावका कारण विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पुर्याउने उद्देश्यका साथ स्व.केसीकी पत्नी साबित्रा रायमाझी (केसी) ले ५१ हजार १ सय ११ रुपैयाँको कोष स्थापना गरेको बिद्यालयका प्रधानाध्यापक डिलाराम पन्थीले जानकारी दिनुभयो ।

अक्षय कोषको स्थापनाकालागी नगद रकम हस्तान्तरण गर्दे केसीले कोषको रकम लक्षित विद्यार्थीको पठनपाठनमा सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । केसीले आर्थिक अभावमा कुनै पनि बालबालिका पढ्नबाट बन्चित हुन नपरोस् भन्ने चाहनाले कोष स्थापना गरेका बताउनुभयो ।

कार्यक्रमा बिद्यालयका प्रअ पन्थीले लक्षित विद्यार्थीको पठनपाठनमा सहयोग पुगेमात्र कोषको सार्थकता पूरा हुने भन्दै कोषको रकम सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पुर्याउने प्रतिबद्धता जनाउनुभयो । अक्षय कोषले बिद्यालयको बार्षीक उत्सवको अबसर पारेर गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गरीने बिद्यालयका प्रधानाध्यापक पन्थीले जानकारी दिनुभयोे ।

स्थानिय स्वास्थ्य चौकिमा कार्यरत केसीको गत बर्षको असार २० गते कपिलबस्तुको कोइली बनगाइमा सडक दुर्घटनामापरि निधन भएको थियो ।

kk

ताजा समाचार