स्वर्गीय महतको परीवारलाई साथी सहकारीद्धारा राहत रकम हस्तान्तरण

२० श्रावण २०८०, शनिबार ०९:५४ 1 Minute 84 Views

श्याम घिमिरे,
साउन २० सन्धिखर्क –

साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चुत्राबेसीले आफ्नो संस्थाका बाल शेयर सदस्य स्वर्गीय सक्षम महत क्षेत्रीको परिवारलाई दुर्घटना बिमा बापतको रकम हस्तान्तरण गरेको छ । संस्थाको कार्यालय चुत्राबेसीमा सुक्रवार आयोजित कार्यक्रममा सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ र संस्थाका अध्यक्ष प्रकाश भुसालले संयुक्त रुपमा नगद रु एकलाख रुपैया राहत स्वरुप हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा मनतव्य राख्दै नगरप्रमुख श्रेष्ठले साथी सहकारीले जिल्लामा उत्कृष्ट कार्य गरेको भन्दै मुक्तकण्ठले प्रसंसा गर्नुयो । श्रेष्ठले सुख्खदुख्खको सारथी साथी सहकारी बनेको भन्दै आगामी दिनहरुमापनि सहकारीले सामाजिक कार्यमा उत्कृष्ट काम गर्नुपर्नेमा जोड समेत दिनुभयो ।

संस्थाका अध्यक्ष भुसालको अध्यक्षता र धर्मराज भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका २ नं वडाअध्यक्ष मोतिजङ रायमाझी र पत्रकार महासंघका अध्यक्ष अशोक खनालले मनतव्य राख्नु भएको थियो । कार्यक्रममा स्वर्गीय महतका बुवा संगम महत, आमा सरिता महत ,पत्रकार श्याम घिमिरे, संस्थाका पदाधिकारी, कर्मचारीलगायको उपस्थित रहेको थियो ।

स्वर्गीय महतको गत जेठ २५ गते हंसपुरवाट सन्धिखर्क आउदैगर्दा सन्धिखर्क ९ मा पर्ने टारीमा जिप दुर्घटनापरी ७ बर्षको कलियो उमेरमा ज्यान गएको थियो । २०६९ सालमा स्थापना भएको सहकारीले हालसम्म विभिन्न घटना तथा दुर्घटनामा परेका २३ जनालाई ४ लाख ७ हजार बिमा बापतको रकम हस्तान्तरण गरेको संस्थाका अध्यक्ष प्रकाश भुसालले जानकारी दिनुभयो । सहकारीले आफ्नो संस्थाका दीर्घरोगी लगायत अन्य बिपत तथा दुर्घटनामा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ ।

यसैबिच कुल ३३ सय २३ जना शेयर सदस्य रहेको सहकारीमा हाल २२ करोड पुँजि, १३ करोड ऋण लगानी, १६ करोड ८० लाख बचत र १ करोड ७ लाख रुपैया जगेडा कोष रहेको संस्थाले जनाएको छ ।

 

kk

ताजा समाचार