श्याम घिमिरे,
७ असोज अर्घाखाँची –
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला श्रीपालीले पाणिनी बहुमुखि क्याम्पसको विकास निर्माणमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ । सन्धिखर्कमा रहेको पाणिनी बहुमखी क्याम्पसको ३५ औं वार्षिकोत्सब तथा सम्मान र पुरस्कार बितरण समारोहलाई सनिवार सम्बोधन गर्दे श्रीपालीले यस्तो बताउनु भएको हो । जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेकोे क्याम्पसको विकास सबैको साझा एजेण्डा हुनुपर्ने भन्दै श्रीपालीले जिल्लामा रहेको एकमात्र सामुदायीक क्याम्पसलाई ब्राण्डको रुपमा बिकसीत गर्नुपर्नेमा जोड दिनुभयो । क्याम्पसमा देखिएका समस्याहरुको समाधान गर्न सबै राजनैतिक दल, जनप्रतिनिधी,शैक्षिक एवं बौद्धिक व्यक्तित्वलगायत सबै जनताहरु एकजुट हुनुपर्ने बताउदै श्रीपालीले जिल्लाको विकास निर्माणको लागि आफु नेतृत्व गरि जान तयार रहेको समेत बताउनुभयो । उहाँले क्याम्पसलाई आंगीक क्याम्पस बनाउन पहलगर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य रामजि प्रसाद घिमिरले देशमा स्थिर सरकार बन्न नसक्दा विकास निर्माणले गति लिन नसकेको बताउनुभयो । घिमिरेले पाणिनि क्याम्पसमा भौतिक पुर्वाधारको क्षेत्रमा केही काम गरिएको भन्दै थप कामकोलागी पहल भइरहेको पनि बताउनुभयो । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइराला र सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले पाणिनि क्याम्पसको भौतिक संरचना निर्माणकोलागी आफुहरू लागि पर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल,नेपाली काँग्रेसका सभापति केशव श्रेष्ठ, नेकपा एमालेका सचिव तोजबहादुर रायमाझी बिधान,नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य रामलाल पराजुली,नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसी ,नेकपा जिल्ला इन्चार्ज खेम घर्ती, नेपाल समाजवादी पार्टीका प्रमुख पुष्करनाथ आर्चाय, पुर्व क्याम्पस प्रमुख ज्ञान बहादुर क्षेत्रि, पाणीनि क्याम्पस प्राध्यापक संघका सभापति दोर्ण प्रसाद भुसाल,नेपाल पत्रकार महासघंका अध्यक्ष अशोक खनाल, स्ववियु पुर्ब सभापति प्रेमनारायण गैरे,बर्तमान सभापति लक्ष्मण खड्का लगायतले शुभकामना मन्तव्य राख्दै क्याम्पसलाई त्रिवि अन्तर्गतको आंगिक क्याम्पसमा रुपान्तरण गर्न सबै लाग्नु पर्नेमा जोड दिनुभयो । समग्र क्याम्पसको विकासको लागि आफुहरूले पुर्णरुपमा सहयोग गर्ने प्रतिवद्वता पनि व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा क्याम्पस प्रतिबेदन प्रस्तुत गर्दे निमित्त क्याम्पस प्रमुख लक्ष्मण पोखे्रलले क्याम्पस भौतिक र आर्थिक रुपमा कमजोर भएपनि शैक्षिक रुपमा अब्वल रहेको बताउनुभयो । उहाँले देशभर त्रिविमा २० देखि २५ प्रतिशत मात्र उत्तीर्ण हुँदा पाणिनी क्याम्पसबाट ३५ देखि ४० प्रतिशतको हाराहारीमा विद्यार्थीहरु उत्तीर्ण हुने गरेको बताउनुभयो । विगतमा भन्दा अहिले विद्यार्थीको संख्यामा कमि आएको बताउदै पोख्रेलले यसको प्रमुख कारण विद्यार्थीहरु अध्ययन गर्न बाहिरी देश जानु रहेको प्रष्ट पार्नुभयो ।
पोख्रेलले विगतमा ९ सय देखि एक हजार सम्म विद्यार्थीले अध्ययन गर्दे आएकोमा अहिले घटेर झण्डै साढे ८ सय बिद्यार्थीहरु रहेको बताउनुभयो । आर्थिक अभावका कारण पछिल्लो समय क्याम्पस सञ्चालनगर्न गाह्रो भएको, प्रध्यापक र कर्मचारीहरुलाई तलव दिन पैसा नभएको, क्याम्पसका भवनहरु जिर्ण बन्दै गएको र क्याम्पस झण्डै १ करोड ऋणमा रहेको भन्दै पोख्रेलले कुनै क्षेत्रबाट सहयोग हुन नसके क्याम्पस सञ्चालनमा समस्या हुने भन्दै सबैलाई दिल खोलेर सहयोग गर्नपनि आग्रह गर्नुभयो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बिष्णु खनाल मुस्कानको अध्यक्षता, उपप्राध्यापक बिजय खत्रीको स्वागत मन्तव्य र धर्मराज भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौर,सन्धिखर्क नगरपालिकाका बिभिन्न वडाका वडाअध्यक्षहरु विभिन्न शैक्षिक संस्थामा प्रमुखहरु, जग्गा दाता, अक्षयकोष दाता, क्याम्पसका प्राध्यापक उपप्रध्यापकहरु,सञ्चारकर्मी सहित क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा जग्गा दाता, अक्षयकोष दाता, पुर्ब क्याम्पस प्रमुखहरु, क्याम्पस सञ्चालक समितिका पुर्ब अध्यक्षहरु संगै बार्षिकोत्सबको पुर्बसन्ध्यामा विभिन्न बिधामा खेलाइएका खेलकुदका बिजेताहरु र अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासीलगर्ने छात्रछात्राहरुलाइ सम्मान तथा नगद पुरस्कार सहित प्रमाणपत्र बितरण गरिएको थियो ।
२०४५ साल असोज ६ गते स्थापना भएको क्याम्पसमा हाल व्यवस्थापन, राजनितिक,मानविकी तथा शिक्षा शास्त्र संकायका बिभिन्न तहका कक्षाहरु सञ्चाल भइरहेका छन । जिल्लाका ग्रामिण क्षेत्रबाट सदरमुकाममा अध्ययन गर्न आउने विद्यार्थीहरुको लागि यो क्याम्पस शैक्षिक धरोहरको रुपमा स्थापित भएको छ ।
kk