चौथो AYC अन्तरपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता कार्तिक १६ गते देखी हुने

१३ आश्विन २०८०, शनिबार १०:४२ 1 Minute 35 Views

असोज १२ सन्धिखर्क
अर्घाखाँचीमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । अर्घाखाँची युवा परिषको आयोजनामा पालिकास्तरीय चौथो AYC अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष काजी श्रेष्ठले पत्रकार सम्मेलनबाट जानकारी दिनुभयो ।

२०८० कार्तीक १६ गते देखि संचालन हुने प्रतियोगितामा जिल्लाका तिन नगरपालिका र तिन गाउँपालिकाका टिमको सहभागिता रहने उहाँले बताउनुभयो । खेल क्षेत्रको विकासमा टेवा पुगोस भनेर प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । भलिबल प्रतियोगितामा पहिलो हुने टिमलाई नगद ५० हजार पुरस्कार दिइनेछ । दोस्रो हुने टिमलाई नगद ३० हजार र तेस्रो हुने टिमलाई २० हजार पुरस्कार दिइनेछ । यस्तै रनिङ्गशिल पचाउने टिमलाई ५० हजार थप गरी १ लाख पुरस्कार प्रदान गरिने महासचिव प्रकाश भुसालले बताउनुभयो ।

साथै प्रतियोगितामा उत्कृष्ट खेलाडीले नगद पुरस्कार पाउनेछन्।प्रतियोगिताको टिममा जिल्ला भन्दा बाहिरको २ जना मात्र खेलाडी राख्न पाइने जनाएको छ । सामाजिक क्षेत्रमा सक्रिया परिषले जिल्लाका अन्य क्षेत्रमा पनि रचनात्मक कार्य गदै आएको छ । २०७२ सालबाट सुरु गरिएको खेल बिचमा कोरोनाका कारण रोकिएको थियो ।त्यसलाई अहिलेबाट निरन्तरता दिएको हो ।

kk

ताजा समाचार