कात्तिक १४, राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८० राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आज बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेस गर्नुभएको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । राष्ट्रियसभाबाट उत्पत्ति भएको यो विधेयक अब प्रतिनिधिसभामा जानेछ । राष्ट्रियसभाको अर्को बैठक बिहीवार दिउँसाे १ बजे बस्नेछ ।
१४ कार्तिक २०८०, मंगलवार १५:२३
0 Minutes
171 Views
Copyright © 2024, All Rights Reserved |