अर्घाखाँची पुष –१२
सन्धिखर्क नगरपालीकामा मेलमिलाप सम्बन्धि आधारभुत तालिम सुरु भएको छ । नगरपालिकाले आफ्नो नगर भित्रका १२ वटै वडा अध्यक्ष न्यायिक समितिका सदस्य तथा वडा कार्यालयका सामाजिक अभियन्ताहरुलाई ८ दिने आधारभुत तालीमको आजदेखि सुरु गरेको हो । प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा सुरु भएको तालीम उदघाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल , अर्घाखाँची जिल्ला अदालतका श्रेतेदार नारायण पौडेल , प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौर , सन्धिखर्क नगरपालीकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नबराज गौतम ,बैतनिक वकिल जगन्नाथ भुसाल ,बार यसोसियसनका सचीव देबेन्द्र बन्जाडे, सहजकर्ताहरु राजन राई, नेत्र प्रसाद धिताल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुख, नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाललगायत मेलमिलाप कर्ताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले यस प्रकारको तालीम र सहजिकरणले समाज एकीकृत हुने ,कुनै किसिमको द्वन्द नहुने ,जुन बिषयमा विवाद हुन्छ उसैको बिषयमा केन्द्रिय हुने कुरा लगायत महत्वपुर्ण कुराहरुमा सघाउ पुग्ने बताउदै तालीम सफलाको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा सन्धिखर्क नगरपालिकामा ११ वटा उजुरी परेको मध्ये ८ वटा उजुरी फर्छौट भइसकेको तथा ३ वटा उजुरी बाँकी रहेको जानकारी समेत गराइएको थियो ।
कार्यक्रममा योजना शाखाका प्रमुख दिलिप केसिले न्यायिक समितिले गरेको कार्यप्रगतीको विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख तथा न्यायिक समितिका संयोजक मिश्रा आचार्यको अध्यक्षता, न्यायिक समितिका सदस्य चोपनारायण श्रेष्ठको स्वागत मन्तव्य र नगरपालिकाका उजुरी प्रशासक धर्मराज भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।
kk