कालीकुञ्ज भाग -११

१३ पुष २०८०, शुक्रबार ०४:२१ 1 Minute 167 Views

केपी भुसाल ’अजस’
( कुञ्जको झझल्को)
(१०१)
नेपाली जनले अझै पनिकुरा बुझ्नै सकेनौं भनि,
प्यारो यो अनमोल भूमि सहजै अन्यौल झेल्ने छनि,
हाम्रो यो प्रियभूमि संकटपरे हामी बसौला कहाँ,
भाग्छन् पीडकता सबै खुसहुदै पेवा थुपार्छन् जहाँ,
(१०२)
पुर्खाको इतिहासला सहजले कुल्चे अगाडी बढे,
नेपाली जनको लुटेर पसिना खाएर ढाडी बने,
खानेमात्र नभै सबै नजिकका नाता र गोता अनि,
पोसे दाम र मानले नजिकका, झोले भरौटे पनि,
(१०३)
बेचे कैयन देशका सफल ती उद्योगधन्दा हरू,
रोजगारी गुमदा पुगे तरुणता,खोज्दै विदेशीहरू,
संझौता भनि अस्मिता मुलुकको बेच्ने बिगार्ने अनि,
यस्तै चाल चलेर भूमि पनिता घट्दै गरेको छनि,
(१०४)
बन्छन् जो सरकार यो मुलुकमा नेपालला घातकि
जोबन्दा पनिसारथि क्षति भयो,पाएन यस्ले गति,
चाबी हुन्न यहाँ प्रशासकहरू, बन्नेर हट्ने दुबै,
रम्छन् घात गरेर सारथिहरू, मालिक् समक्ष खुबै,
(१०५)
बारीखेत सधै कमोद गरने, बाबा र आमा हरू,
खोलीका तटमा बसेर दुखले गिट्टी ठटाउ्ने हरू,
सारै घात गरे बुझौँ मुलुकला,अज्ञान हाम्रो हुदा,
हाम्रै सोंच र भोटका कसुरले माली बनेका ठुटा,
(१०६)
खाडीका धुपमा पुगेर पसिना,सारै बगाउ्नेहरू,
धर्तीका कलिला मुना युगलजो नेपाल सेवीहरू,
सारै चोट दिए दलाल भतुवा जागौं बुझौं यी कुरा,
हाम्रो एक अमुल्य भोट गिरदा बिग्रन्छ सारा कुरा,
(१०७)
कोसी पूर्व सिमा थुनेर डुबदा रुन्छन् किसानीअनि,
म् हाकाली जलको प्रवाह घटदा घट्दैछ बत्ती पनि,
नेपाली जलको प्रवाह धनहो उद्योगको वाहक,
यस्ता यी अनमोल शक्ति सरिता बिक्री ठुलो घातक,
(१०८)
रुन्छन् घायलता कठै घरघरै, रोगी अपाङ्ग हरू,
रुन्छन् है निमुखा अनाथ बिचरा बृद्धा अकेलीहरू ,
रुन्छन् बालक बृद्ध पोषण नभै कङ्काल हड्डीहरू,
रुन्छन् धेर कतै अझै विपतमा गाउँ र बस्तीहरू,
(१०९)
धर्तीको अति सुन्दर स्थल सबै,बेहाल बन्दै गयो,
नेपाली जनला झनै दिनदिनै थुप्रेर पीडा रयो,
धेरै चैन छ घातकी कुजनला अन्याय गर्दै गए,
सारा पीडकता अभाव करले बच्नै कठिन्मा भए,
(११०)
नेपाली जनले बढाइ ममता, राखौं सधै मित्रता,
पन्छाउँ रिपुला चिनेर पहिला घाती यसै भित्रका,
जुटौं एकहुदै खुबै मनदिदै, रक्षा गरौ भूमिको,
एकाएक जुटेर एक मतले,मायाँ गरौ भूमिको,
(१११)
हिड्थ्यो खुबै कुञ्ज हतार गर्दै,
नेता हुदाको दुख कष्ट झेल्दै,
हाँस्दै सबैटोल छिमेक ड्डुल्दै,
बोल्थ्यौ सबैला मनपेट खोल्दै,
(११२)
अन्याय लाई अबता सहेर,
बस्दैन कोही झुपडी कुरेर,
जन्ता सबैको हकभोग लाई,
भन्थ्यौ रुदै कुञ्ज जुटौन भाइ,
(११३)
यो जन्म ठाउँ कमछैन हाम्रो,
नेपाल हाम्रो सबथोक राम्रो,
धर्ती र माता जननी समान,
मानेर गर्छौं मनमा कमान,
(११४)
सारै हुदा दिक्कत खानलाई,
लाग्यौ सिधै कुञ्ज विदेश धाइ,
ल्याएन धेरै धनता कमाइ,
काफी थियो जीवन धान्नलाई,
(११५)
बर्षौ विदेशी थलको थकाइ,
मेट्दै छदो कुञ्ज घरै रमाइ,
काली सुधा साथ हुदा खुसाइ,
खर्चेर आफ्नै पसिना कमाइ,
(११६)
धेरै दशै पार हुदा अहिले,
लाउदै थियो कुञ्ज टिको खुसीले,
चिस्यान पार्दा शिर अक्षताले,
झस्को खुबै कुञ्ज अचम्म डर्ले,
(११७)
झस्केर आँखा उसले उघार्दा,
काम्दै थियो कुञ्ज नशा उतर्दा,
निद्रा दिएको धनधान्य चित्र,
झल्को हरायो स्वपना विचित्र ,
(११८)
बर्सातको याम थियो कठोर,
पानी परेको थलमा अघोर,
दुःखी सुतेका पथको डिलैमा,
पानी जगायो परदा तनैमा,
(११९)
मेट्दै थियो कुञ्ज थकान मानि,
बिछ्याइ बोरा तनको सिरानी ,
चिन्ता हरायो रसपान गर्दा,
धक्का दिलायो रसपान छोड्दा,
(१२०)
बन्दैन कोही खुसले विरागी,
बस्दैन कोही सुखमा अलापि,
मान्छे कसैला सुखमा सबै छ,
पीडा हुनेला दुखमा दुखै छ ।।
क्रमश………

 

 

 

 

 

kk

ताजा समाचार