श्याम घिमिरे,
पुस १६ अर्घाखाँची,
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ७, ८ र ९ मा पर्यटन प्रर्वद्धन सम्बन्धी वडास्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले ‘अर्घाखाँची पर्यटन प्रर्वद्धन अभियान २०८०’ सुरु गरे संगै जिल्लाका ६१ वटै वडामा अन्तरक्रिया कार्यक्रम सुरु भइरहेका छन । अभियान अन्तर्गत आइतवार मालारानीको बामरुक,हंसपुर र गोखुङ्गामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
मालारानी गाउँपालीका अध्यक्ष दलबहादुर भट्टराई र ७ नं.वडा अध्यक्ष खड्क भुसालको आतिथ्यतामा बामरुकमा गरिएको कार्यक्रममा बोल्दै पालीका अध्यक्ष भट्टराईले पत्रकार महासंघको अगुवाइमा सञ्चालन भइरहेको यसप्रकारको अभियानले समग्र जिल्लाको बिकाससंगै प्रचारप्रसारमा सहयोग पुग्ने बताउनुभयो । यस्तै वडाअध्यक्ष भुसालले कार्यक्रमले ओझेलमा परेका धार्मीक एवं पर्यटकिय क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने बताउनुभयो । सो कार्यक्रमबाट बामरुकको नरसिंह भगवानको मन्दिरलाई वडाको प्रमुख धार्मिक तथा पर्यटकिय स्थलको रुपमा छनोट गरिएको छ ।
यस्तै मालारानी ८ हंसपुरमा गरिएको कार्यक्रममा बोल्दै का.वा.वडा अध्यक्ष बलबहादुर हौजालीले पर्यटन प्रर्वद्धन कार्यक्रम जिल्लाकोलागी मत्वपुर्ण कार्यक्रम रहेको बताउनुभयो । कार्यपालीका सदस्य पद्मा पन्थीले पर्यटकिय क्षेत्रको प्रचारप्रसारले समग्र क्षेत्रको बिकास हुने बताउनुभयो । ८ नं वडामा रहेका धेरै धार्मिक तथा पर्यटकिय स्थलहरुमध्ये राँगामारे भगवति मन्दिरलाई छनोट गरिएको छ ।
त्यस्तै मालारानी ९ गोखुङ्गामा गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी वडाअध्यक्ष महेन्द्रबाबु खनालले पर्यटन प्रर्वद्धन कार्यक्रम महत्वपुर्ण रहेको भन्दै पत्रकार महासंघको अभियानलाई प्रशंसा समेत गर्नुभयो । खनालले पर्यटन प्रर्वद्धनसंग धेरै कुराहरु जोडिएको बताउदै यस प्रकारको महान कार्यमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडासदस्य धनिश्वर पन्थीले उपस्थित सबैलाई सब्द मार्फत स्वागत गर्नुभएको थियो । कार्यक्रमबाट ९ नं वडामा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरुमध्ये दोखामे डाँडामा रहेको रुद्र गुफ्फालाई पहिलो प्राथमिकतामा राखि छनोट समेत गरिएको छ ।
वडाका जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधि, विद्यालयका प्रअ, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेबिका, आमा समुहका प्रतिनिधि,सहकारी संस्थाका प्रतिनिधि लगायत स्थानिय अगुवाहरुको उपस्थिती रहेको कार्यक्रमा पत्रकार श्याम घिमिरे,सिद्धार्थ केसी,सागर महत,प्रकाश चुँदाली र इन्द्रलाल रेग्मीले अभियानको विषयवस्तुमाथि प्रकाश पार्नु भएको थियो ।
kk