संस्कृत शिक्षाको जगेर्ना गर्न राज्यको आँखा जानुपर्छ – राज्यन्त्री सिर्पालि

१६ पुष २०८०, सोमबार १०:५८ 0 Minutes 88 Views

श्याम घिमिरे,
पुस १६ अर्घाखाँची,

संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पालि ठकुरीले संस्कृत शिक्षाको जगेर्ना गर्न राज्यको आँखा जानुपर्नेमा जोड दिनुभएको छ । सोमवार सन्धिखर्कमा आयोजित पशुपति क्षेत्र बिकाश कोषद्वारा सन्धिखर्कमा रहेको पाणिनि बेद विद्याश्रम मा.बि लाई बिनियोजित रकम रु.तीस लाख रुपैयाको चेक हस्तान्तरण गर्दे राज्यमन्त्री सिर्पालिले यस्तो बताउनु भएको हो ।

पछिल्लो समय समाजमा बिस्तारै मानवता हटदै गएको भन्दै सिर्पालिले त्यसलाई जोगाउन धर्म संस्कृतिले महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएकोले संस्कार र पहिचान जोगाउन सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । बिद्यालयलाई संरक्षण गर्ने जिम्मा हामी सबैको भएको बताउदै सिर्पालिले पबित्र कार्यमा राजनिति उद्देश्य राख्न नहुने बताउनु भयो ।

आफु शिद्धेश्वर शिवालयमा गएको समयमा बिद्यालयको अबस्थाको बारेमा निबेदन गरेकोले रकम बिनियोजन गर्न सफल भएको भन्दै उहाँले ३० लाख रकमको अक्षय कोष स्थापनाले बिद्यालयको पठनपाठनमा सहयोग पुग्नेमा विस्वास व्यक्त गर्नुभयो । सिर्पालिले लोप हुदै गइरहेको संस्कृतिलाई संरक्षण र जगेर्ना गर्न बिद्यालयल सफल हुने भन्दै बिद्यालयको समग्र बिकासमा आफु लागीपरिरहने प्रतिबद्धतापनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले हरेक किसिमका पुजाआजामा संस्कृत बिषय अध्यन गरेका गुरुहरुको आबश्यक पर्ने गरेको भन्दै गुरुकुल शिक्षाको बिकासमा सबैले जोड दिनुपर्ने बताउनुभयो । श्रेष्ठले बिद्यालयलाई नगरपालीकाले सहयोग गर्दे आइरहेको स्मरण गराउदै आगामी दिनमा पनि यस प्रकारको सहयोगले निरन्तरता पाउनेमा बिस्वास समेत दिलाउनुभयो ।

सन्धिखर्क नगर शिक्षा प्रमुख मन्जु आचार्यले राज्यले शिक्षालाई उच्च प्राथमिकता दिइरहेको भन्दै नगरभित्रका शिक्षण संस्थाको बिकासमा आफुहरु लागीपरिरहेको बताउनु भयो ।बिद्यालयका प्रधानाध्यापक भेषराज पौडेलले बिद्यालय सञ्चालनमा समस्या परिरहेको अबस्थामा यस प्रकारको सहयोगले अध्ययन अध्यापनमा टेवा पुग्ने बताउनुभयो । पौडेलले संस्कृत शिक्षा पुर्णरुपमा बिज्ञान सम्मत रहेको र विश्वमा व्यापकता ल्याएको भन्दै पबित्र आत्मकासाथ सञ्चालन गरिएको संस्थालाई सहयोग गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।

बिद्यालय सञ्चालक समितिका सचिब कृष्णप्रसाद भुसालको अध्यक्षता,शिक्षक भाग्यश्री खनालको स्वागत मनतब्य र केबशराज आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि संगै बिभिन्न राजनितिक दलका प्रतिनिधि,सामाजिक एवं धार्मिक व्यक्तित्व,पत्रकार लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।निशुल्क आवासीय सुबिधा सहित २०७३ सालमा स्थापित बिद्यालयमा ६ देखी १० कक्षासम्म पढाई भईरहेको बिद्यालयका प्रधानाध्यापक पौडेलले बताउनुभयो । अहिले ४० जना बिद्यायार्थीहरु (वटुक ) अध्ययनरत रहेको बिद्यालयले जनाएको छ ।

  

kk

ताजा समाचार