नवरात्रको छैटौँ दिन :देवी कात्यायिनीको पूजा गरिँदै, यो मन्त्र याद राख्नुहोस्

हिन्दु नेपालीहरुको महान चाँड बडा दसैँको आज छैटौँ दिन हो । आजको दिनमा कात्यायिनी भगवतीको पूजा तथा अर्चना गरिन्छ । नवरात्रीको छैटौँ दिन आज अष्टमातृका भगवतीको छैठौँ शक्तिका रुपमा कात्यायिनी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको छ । आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुख,दरिद्र जस्ता संकट नाश भई मानिस प्रगतिपथमा अगाडि बढ्ने… Continue reading नवरात्रको छैटौँ दिन :देवी कात्यायिनीको पूजा गरिँदै, यो मन्त्र याद राख्नुहोस्

गायक पारस लामाको पुर्बेली गीत बेशी झरौला सार्बजनिक

झापा- वैदेशिक रोजगारीको क्रममा युएईमा रहदै नेपाली गायनमा फरक पहिचान बनाउन सफल लोकरक गायक पारस लामा र गायनमा भविस्य खोजिरहेकी एलिसा तामाङको नयाँ गीत सार्वजनिक भएको छ । सबै जनरामा गीत गाउन सक्षम लामाले उस्तै क्षमता भएकी एलिसासँग गाएको गीतको बोल-बेंसी झरौला रहेको छ । पुर्वी नेपालका पहाडी गाउँठाँउ, लेकबेंसी, खोलानालालाई सम्बोधन गरिएको यो गीतले… Continue reading गायक पारस लामाको पुर्बेली गीत बेशी झरौला सार्बजनिक

२५ सय डलरको जागिर छोडेर, अमेरिकाको भिषा त्यागेर कृषि कर्ममा रमाउदै लिम्बु

संसारमा अरु जतिसुकै राम्रो देश किन नहोस हरेक व्यक्तीको भित्रिमनमा आफू जन्मेको हुर्केको देशनै प्यारो लाग्ने गर्छ । विदेशमा भोग्नु पर्ने सुख, दुःख एक संयोग र परिस्थितिले बनाएको बन्धन मात्र हो । केहीको हकमा मोजमस्ती विलासिता हुनसक्छ तिनलाई अपवाद मान्नु पर्छ । धेरै नेपाली युवाहरु यसकारण पनि बिदेशिन बाध्य छन । आफ्नो गाउँ देशमा केही… Continue reading २५ सय डलरको जागिर छोडेर, अमेरिकाको भिषा त्यागेर कृषि कर्ममा रमाउदै लिम्बु

अर्जुनधाराबाट नदीजन्य सामग्री उत्खनन,संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु

झापा । अर्जुनधारा नगरपालिकाले यस आर्थिक बर्षको लागि नदीजन्य सामग्री उत्खनन, संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु गरेको छ । नगरपालिकाले यसबर्षको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरेर नदीजन्य सामग्री उत्खनन प्रक्रिया शुरु गरेको हो । गतबर्ष ठेक्का नलाग्दा नगरको करोडौं रुपैयाँ राजश्व गुमेको थियो । नगरपालिको आन्तरिक आम्दानी गुमेपछि गतबर्षको बिकासका योजना प्रभावित… Continue reading अर्जुनधाराबाट नदीजन्य सामग्री उत्खनन,संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु

युएईमा भिषा सम्बन्धी नयाँ नियमले जन्माएको समस्या र यसको समाधान

युएई सरकारले भिषा सम्बन्धि नयाँ नियम लागू गरे सँगै युएईमा रहेका नेपालिहरु अफ्ट्यारोमा पर्ने भएका छन । नयाँ नियम बमोजिम भिषा अवधी सकिएकाहरुले आगामी ११ अगस्ट भित्र नयाँ भिषा लगाई सक्नु पर्ने वा युएई छोडी सक्नु पर्नेछ । अन्यथा कानुन अनुसार जरिवाना तिर्नु पर्नेछ । युएई स्थित नेपाली दूतावासले १२ जुलाईका दिन लगभग ३९ हजार… Continue reading युएईमा भिषा सम्बन्धी नयाँ नियमले जन्माएको समस्या र यसको समाधान

लकडाउन बिर्साउने नयाँ गन्तव्य, हर्पनखोला ड्याम । (फोटो फिचर)

कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्र तहसनहस भइरहेको छ। यस कोराना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न विश्वका धेरै देश आज पनि लकडाउनमा छन् जसका कारण अधिकांश व्यापार व्यवसाय उद्योगधन्दा बन्द रहेका छन् ,नेपालमा समेत हजारौंले आम्दानी गुमाएका छन् भने लाखौँले रोजगारी गुमाएका छन् यस महामारीमा मानिस घरभित्र नै बस्न बाध्य छन । हाल सरकारले लकडाउनलाइ केही… Continue reading लकडाउन बिर्साउने नयाँ गन्तव्य, हर्पनखोला ड्याम । (फोटो फिचर)

अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्धको तयारी

अमेरिकाले टिकटकसहित चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्नेबारे सोचिरहेको सेक्रेटरी अफ स्टेट माइक पम्पेओले बताएका छन् । फक्स न्यूजमा लाउरा इंग्राहमसँगको अन्तरवार्तामा पोम्पेओले यसबारे गम्भीररुपमा विचार गरिरहेको बताएका हुन् । पोम्पेओलाई इंग्राहमले अमेरिकाले टिकटकजस्ता चिनियाँ सामाजिक सञ्जाल एपहरु प्रतिबन्धबारे के सोचिरहेको भनेर प्रश्न गरेकी थिइन् । जवाफमा पोम्पेओले भने, ‘जनताको मोबाइलमा चिनियाँ एपको बारेमा अमेरिकाले सही निर्णय… Continue reading अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्धको तयारी

अमेरिकामा १७ वर्षपछि अपराधीलाई दिइयो मृत्युदण्ड, विषको इन्जेक्सन लगाइयो

अमेरिकामा हत्याका अभियुक्त ड्यानियल लुइस लीलाई मृत्युदण्डको सजाय दिइएको छ । सर्वोच्च अदालतले मृत्युदण्डको सजाय दिन अनुमति दिएको केही घण्टापछि डेनियललाई विषको इन्जेक्सन लगाइएको बीबीसीले जानकारी दिएको छ । अमेरिकामा १७ वर्षपछि कुनै संघीय अभियुक्तलाई मृत्युदण्ड दिइएको हो । सोमबार एक न्यायाधीशले अझै पनि कानूनी चुनौती विद्यमान भएकोले थुप्रै अभियुक्तको सजाय रोकिने गरेको बताए । मृत्युदण्डको… Continue reading अमेरिकामा १७ वर्षपछि अपराधीलाई दिइयो मृत्युदण्ड, विषको इन्जेक्सन लगाइयो

एनआईसी एसियाको स्कीम नै स्कीमः ५ दिनभित्र साँवा –ब्याजको रकम भुक्तान गर्नेले पाउनेछन् ब्याजदरमा सहुलियत

कोरोना भाइरसका  कारण विश्वभरकै  अर्थतन्त्र प्रभावित छ । नेपालमा पनि यसको प्रभावमा सबै क्षेत्र परेका छन् । कोरोनाकै कारण देशको जीडीपीमा संकुचन आउने सरकारी आँकलन छ । यस्तो असामान्य अवस्थामा गुज्रिएको देशको अर्थतन्त्र चलायमान बनाउन एनआईसी एसियाले केही स्कीम ल्याएको छ । ग्राहकका सुविधाका लागि ल्याइएको स्कीमका बारेमा एनआईसी एसिया बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशन… Continue reading एनआईसी एसियाको स्कीम नै स्कीमः ५ दिनभित्र साँवा –ब्याजको रकम भुक्तान गर्नेले पाउनेछन् ब्याजदरमा सहुलियत

विदेशमा संक्रमितमध्ये ९२ प्रतिशत नेपाली संक्रमणमुक्त

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुने नेपालीको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा कमी हुँदै गएको छ । संघका अनुसार जम्मा कोराना संक्रमित मध्य ९२ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । शनिवार साँझसम्म विश्वभर संक्रमित २९ हजार ६ सय २४ जना मध्ये २७ हजार ३ सय… Continue reading विदेशमा संक्रमितमध्ये ९२ प्रतिशत नेपाली संक्रमणमुक्त