पूर्वी नाकाबाट चार महिलालाई माईती नेपालले गर्यो उद्धार

झापा ।  माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको बुधबार उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका छन् । शंकास्पद अवस्थामा नाकामा डुलिरहेको देखेपछि माइती नेपालका सीमा निगरानीकर्ताले उनीहरुलाई इलाका प्रहरी कार्यालयको सहयोगमा पछ्याएको माइती नेपालका पूर्वाञ्चल… Continue reading पूर्वी नाकाबाट चार महिलालाई माईती नेपालले गर्यो उद्धार

अर्जुनधाराबाट नदीजन्य सामग्री उत्खनन,संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु

झापा । अर्जुनधारा नगरपालिकाले यस आर्थिक बर्षको लागि नदीजन्य सामग्री उत्खनन, संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु गरेको छ । नगरपालिकाले यसबर्षको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरेर नदीजन्य सामग्री उत्खनन प्रक्रिया शुरु गरेको हो । गतबर्ष ठेक्का नलाग्दा नगरको करोडौं रुपैयाँ राजश्व गुमेको थियो । नगरपालिको आन्तरिक आम्दानी गुमेपछि गतबर्षको बिकासका योजना प्रभावित… Continue reading अर्जुनधाराबाट नदीजन्य सामग्री उत्खनन,संकलन र निकासी ठेक्काको लागि प्रक्रिया शुरु

अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्धको तयारी

अमेरिकाले टिकटकसहित चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्नेबारे सोचिरहेको सेक्रेटरी अफ स्टेट माइक पम्पेओले बताएका छन् । फक्स न्यूजमा लाउरा इंग्राहमसँगको अन्तरवार्तामा पोम्पेओले यसबारे गम्भीररुपमा विचार गरिरहेको बताएका हुन् । पोम्पेओलाई इंग्राहमले अमेरिकाले टिकटकजस्ता चिनियाँ सामाजिक सञ्जाल एपहरु प्रतिबन्धबारे के सोचिरहेको भनेर प्रश्न गरेकी थिइन् । जवाफमा पोम्पेओले भने, ‘जनताको मोबाइलमा चिनियाँ एपको बारेमा अमेरिकाले सही निर्णय… Continue reading अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्धको तयारी

दुई वर्षमै किन खोसियो आदिकवि भानुभक्तको जागिर ?

भानुभक्तले युवावस्थाको उत्तरार्धमा जागिर खाए, तर जागिरमा उनी धेरै टिक्न सकेनन् । मोतीरामले यिनको जागिरका प्रसङ्गमा लेखे, ‘कवि भानुभक्त आचार्यजी स्वस्तिश्रीमद्राजकुमारात्मज श्री ३ कम्याण्डर–इन–चीफ् जनरल कृष्णबहादुर राणाको चाकरी गर्दथे र विक्रमीय संवत् १९०७ सालका वैशाख मासमा मदेसको जागीर पाई गये तर भानुभक्त कवि ऐ १९०९ मा खोस्सिये र कागत्पत्र बुझाउन भनी नेपाल् कुमारी चोकमा आई… Continue reading दुई वर्षमै किन खोसियो आदिकवि भानुभक्तको जागिर ?

अमेरिकामा १७ वर्षपछि अपराधीलाई दिइयो मृत्युदण्ड, विषको इन्जेक्सन लगाइयो

अमेरिकामा हत्याका अभियुक्त ड्यानियल लुइस लीलाई मृत्युदण्डको सजाय दिइएको छ । सर्वोच्च अदालतले मृत्युदण्डको सजाय दिन अनुमति दिएको केही घण्टापछि डेनियललाई विषको इन्जेक्सन लगाइएको बीबीसीले जानकारी दिएको छ । अमेरिकामा १७ वर्षपछि कुनै संघीय अभियुक्तलाई मृत्युदण्ड दिइएको हो । सोमबार एक न्यायाधीशले अझै पनि कानूनी चुनौती विद्यमान भएकोले थुप्रै अभियुक्तको सजाय रोकिने गरेको बताए । मृत्युदण्डको… Continue reading अमेरिकामा १७ वर्षपछि अपराधीलाई दिइयो मृत्युदण्ड, विषको इन्जेक्सन लगाइयो

एनआईसी एसियाको स्कीम नै स्कीमः ५ दिनभित्र साँवा –ब्याजको रकम भुक्तान गर्नेले पाउनेछन् ब्याजदरमा सहुलियत

कोरोना भाइरसका  कारण विश्वभरकै  अर्थतन्त्र प्रभावित छ । नेपालमा पनि यसको प्रभावमा सबै क्षेत्र परेका छन् । कोरोनाकै कारण देशको जीडीपीमा संकुचन आउने सरकारी आँकलन छ । यस्तो असामान्य अवस्थामा गुज्रिएको देशको अर्थतन्त्र चलायमान बनाउन एनआईसी एसियाले केही स्कीम ल्याएको छ । ग्राहकका सुविधाका लागि ल्याइएको स्कीमका बारेमा एनआईसी एसिया बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशन… Continue reading एनआईसी एसियाको स्कीम नै स्कीमः ५ दिनभित्र साँवा –ब्याजको रकम भुक्तान गर्नेले पाउनेछन् ब्याजदरमा सहुलियत

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ । मानवसभ्यतामाथि कहर बर्साउने यो पहिलो भाइरस भने होइन । भाइरसले कयौँ पटक मानवतामा भयंकर चोट पुर्याएको छ । सन् १९१८ मा कहर बर्साएको इन्फ्लुएन्जा भाइरसले पाँचदेखि १० करोड मानिसको… Continue reading भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

प्रदेश नम्बर १ मा संशोधन प्रस्ताव पारित

विराटनगर। प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६’ को पहिलो संशोधनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव आज सदनमा पेस गरेका थिए । उनले १० महिनाअघि बनेको यो… Continue reading प्रदेश नम्बर १ मा संशोधन प्रस्ताव पारित

Published
Categorized as प्रदेश

ओखलढुंगामा पुनः १ जनामा कोरोना संक्रमण पुष्टि

ओखलढुंगा । ओखलढुंगाका थप १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । केही समयअघि साउदीबाट आएर ओखलढुंगा क्याम्पस भवनको क्वारेन्टिनमा रहेका सुनकोशी गाउँपालिका ५ का २४ वर्षीय युवामा कोरोना संक्रमण पुष्टी भएको हो । मंगलबार पीसीआर परीक्षणका क्रममा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । गत आईतबार जिल्लाका विभिन्न… Continue reading ओखलढुंगामा पुनः १ जनामा कोरोना संक्रमण पुष्टि

Published
Categorized as प्रदेश

बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसिन कति सम्भव ? 

प्रदेश-५ को अस्थायी राजधानी बुटवल भएपछि सबैभन्दा पहिले दाङले विरोध जनायो । दाङपछि बाँके र बर्दियाले पनि बुटवलमा राजधानी तोकिएको भन्दै विरोध गरे । दाङले विरोध गर्नुको एउटै कारण थियो- मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला । निर्वाचनमा पोखरेलले आफू मुख्यमन्त्री भए प्रदेशको राजधानी दाङ बनाउने सार्वजनिक उद्घोष गरेका थिए । यता बाँके र बर्दिया भने… Continue reading बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसिन कति सम्भव ?