२५ सय डलरको जागिर छोडेर, अमेरिकाको भिषा त्यागेर कृषि कर्ममा रमाउदै लिम्बु

संसारमा अरु जतिसुकै राम्रो देश किन नहोस हरेक व्यक्तीको भित्रिमनमा आफू जन्मेको हुर्केको देशनै प्यारो लाग्ने गर्छ । विदेशमा भोग्नु पर्ने सुख, दुःख एक संयोग र परिस्थितिले बनाएको बन्धन मात्र हो । केहीको हकमा मोजमस्ती विलासिता हुनसक्छ तिनलाई अपवाद मान्नु पर्छ ।
धेरै नेपाली युवाहरु यसकारण पनि बिदेशिन बाध्य छन । आफ्नो गाउँ देशमा केही गर्ने योजना बनाउन र सम्भावनाको पहिचान गर्न नसक्नु, केही व्यक्तीको आडम्बरी सोचले अरुलाई होच्याउने काम हुनु, समाजका अगुवा ठुलाबढा भन्नेहरुवाटै मध्यम र विपन्न वर्गका परिवार र व्यक्तीलाई प्रगती गर्न नदिने मनासायले समाजमा डुलेर मेरो छोरो फलानो देशमा छ यती कमाउछ तिम्रो छोरो यहाँ यस्तो काम गर्छ भनेर होच्याउने, गिज्याउने काम समाजका केही वैगुनीहरुबाट भएको पनि पाईन्छ । यि समस्याहरु एक उदाहरण मात्र हुन् । त्यसैगरी उचित परामर्स र हौशला नपाएपछी निरास बन्दै मुङलान जानुपर्ने अवस्थालाई सामना गरिरहेका छन लाखौं युवाले । कति युवाहरुले विदेशमा गएर केही कमाउन सफल बनेका छन कतीले कमाउनु त कता हो कता ज्याननै गुमाई रहेका छन । कति वेरोजगार बनेर बसी रहेका छन उनिहरु भित्रको युवा जोसजागर त्यसै खेर गहिरेको छ ।

पछिल्लो केही बर्ष यता धेरै युवाहरुले विदेशमा सिकेको सिपलाई नेपालमै प्रयोग गरेर स्रोजगार बनेका छन । विदेशमा कमाउने गरेको भन्दा राम्रै आम्दानी गरिरहेका पनि छन ।
त्यस्तै झापाका एक जुझारु युवा विदेशबाट फर्किएको समय धेरै भएको छैन । उनि साउदी, कतार, अफगानिस्थान, साउथअफ्रिका लगायतका देशमा पुगेर आफ्नो श्रम र पसिना बेचेर १७ बर्ष भन्दा धेरै समय विदेशमा बिताए उनले, विदेशमा उपलब्ध धेरै सुख सुविधाहरु भोग गरिसकेका छन ।
विदेश बसाईको पछिल्लो केही बर्ष उनि साउथअफ्रिकामा काम गर्ने गर्थे उनि काम गर्ने कम्पनी अमेरिकन थियो मासिक पारिश्रमिक २५ सय डलर भन्दा धेरै भएको उनि बताउछन । तर उनको मन विदेशमा अडिनै नसक्ने भयो, आफ्नो मात्रीभूमी र परिवारका सदस्य नरनाता, आफन्त, साथीभाईको मायाँ र सम्झनाले गर्दा छदाछदैको नेपाली रुपैया ३ लाख भन्दा माथीको मासिक तलव थाप्दै आएको कम्पनीमा राजिनामा दिएर नेपाल फर्किए, नेपाल आएपछि फेरी केही साथीभाईको सल्लाह आग्रहका कारण उनलाई फेरी विदेशनै जानु पर्ने अवस्थामा पुग्न बाध्य बने अनि मनलाई गरौं बनाउदै बिदेश जाने तयारी गरे, सोही क्रममा अमेरिका जाने तरखर गर्दै प्रक्रिया अघि अघि बढाउन सबै जुटे, ४ जनाले एकै साथ अमेरिका जानकोलागि आवेदन दिए । प्रक्रिया सुरु पनि भयो, केही समयमा आवेदन दिने चार भाई मध्ये तिन भाईको भिषा लाग्यो, संयोगवस उनकोे भिषा तत्काल लागेन, केही दिन पछी लाग्ने निधो भयो । उनिसंगैका साथीहरु अमेरिका उडे एक हिसावले करगर्ने साथीहरु छुटे, त्यसपछी उनको मनमा विभिन्न तर्फ वितर्क उत्पन्न भएर आएछ अमेरिका जाउँकी नजाउँ ! भनाई छ मानिसका दुईवटा मन हुन्छ, त्यो वेला एकासी दुईवटै मनले नेपालको माटोमा जन्मिई हुर्किई बढे, पढे तर देशको लागि मैले के गरे भन्ने प्रश्नले सताउन थालेछ, त्यही देश प्रतिको स्नेहले गर्दा उनले अमेरिका जाने भिषालाई स्थगित गर्ने निर्णय लिएर भिषाका कागजातलाई च्याचेर काठमाडौंबाट फर्किई आफ्नै जिल्ला, ठाउँमा रमाई रहेका छन आजभोली । उनि बताउछन अहिले अमेरिका पुगेका साथीहरु मलाई भन्ने गर्छन नेपाल बसेर तपाईले जित्नु भयो ।
माथी उल्लेखित सम्वाद झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ झिलझिले निवासी बाह्रदशी गाउँपालिका वडा नं. ७ मा रहेको मदन कृषि फर्मका संचालक मदन लिम्बु संग आमसंचारले गरेको कुराकानीका क्रममा लिम्बुले व्यक्त गरेको भनाई हो ।

झापाको कनकाई नगरपालिका स्थित दुर्गापुर बजार देखि करिव ७ किलो मिटर दक्षिणमा पातलो घरहरु भएको एक ठाउँ छ, त्यो गाउँको नाम हो डाडाँगाउँ । त्यही गाउँको पूर्वतर्फ निक्कै फराकिलो खुल्ला क्षेत्र छ, कुनै समय खोला कुदेको ठाउँ भएकाले अहिले कासघारी, बलौटे माटो रहेको छ, त्याहाँ खेती गर्न असम्भव नै देखिन्छ, स्याल कुदने ठाउँमा बस्ती बस्ने त झन कुरै भएन, गौचरनमा सिमति रहेको केही भूभाग यतीवेला हराभरा रहेको छ, हजारौं चराहरुको बासस्थान बनेको छ । भन्नुपर्दा मरुभूमी अहिले स्वर्ग जस्तो सितल बनेको छ ।
स्थानियका लागि असम्भव भएको ठाउँमा दुई बर्ष अघि घुम्दै फिर्दै मदन लिम्बु पुगेका थिए । त्यस ठाउँमा कुषि परियोजना सुरु गर्ने सोच राखेर जग्गा किन्ने जमर्को गरेर जग्गा किन्ने कुरा राख्दा स्थानियहरुले कहाँबाट बौलाह लिम्बु आएछ भनेर खिसिटिउरी गरेको स्मरण ताजै रहेको लिम्बु बताउछन ।
त्यो वेला यस्तो बगर कासघारीमा कसरी खेती हुन्छ भन्नेहरु आजभोली अचम्म मान्दै रमित हेर्न आउन थालेका छन । स्थानिय मात्र हैन जिल्लाका विभिन्न स्थानबाट लिम्बुले सुरुगरेको कृषि परियोजना अवलोकनका लागि पुग्ने गरेका छन ।

यतीबेला साच्चैनै रमित लाग्यो भएको छ । ६० भन्दा धेरै प्रकारका विरुवाहरु लगाईएको छ । मुख्यगरी कागती लगाईएको छ २४ सय भन्दा धेरै कागतीले ६ फिट भन्दा धेरै उचाई र ५ फिटको गोलाई क्षेत्रफल ओगटी सकेको छ । त्यस्तै मोरङया, अघोरी र नमुनाको रुपमा ड्राईगन लगायतका विरुवा रुखहरु लगाईएको छ । पहिलो छिमलको कागती उत्पादन लगभग तयार भईसकेको छ । कागती लगायतको कृषि उत्पादनलाई बजारको लागि काठमाडौंलाई बनाउने सोच राखेका छन फर्म संचालक लिम्बुले । सोच अनुरुप उत्पादन हुदैछ यसै महिना भित्र एक छिमल उत्पान भई सक्ने भएको छ । कागती खरिदको लागि ठेक्का वैना भईसकेको छ । व्यापारीले गरेको माग अनुसार आफ्नै मात्र उत्पादनले नपुग्ने भएपछि अन्यत्रबाट खरिद गरेर भए पनि कागती काठमाडौं पठाउने तयारी गरिरहेका छन छन लिम्बुले । यस अर्थमा पनि मान्न सकिन्छ कागतीको बजार ठुलो छ ।
लिम्बुका अनुसार एक बर्ष अघि सम्म २ करोड लगानी गरिसकेको र त्यसपछिको लगानी हिसाव भईनसकेको छैन । ३४ विघा क्षेत्रफलमा कृषि योजनालाई विस्तार गरिएको छ । त्यसमा ११ बिघा निजी र बाँकी भाडाँमा लिएको छ ।
धेरै संख्यामा रोपिएका विरुवाहरुमा कागती २४ सय, सुपारी ४ हजार, अगर ४२ सय, रुखबोडी २ सय, रुद्राक्ष ३०, अमला ३ सय, बकाइनो १००, टिक ८० र खमारी ४०, मसला ४० झ्याङ रहेका छन त्यसैगरी १ केजी भन्दा बढी वजनमा फल्ने आँपका बोटहरु रहेका छन ।  मोरङगा भनेको एक जडीवुटी वृक्ष हो नेपालमा पाईने सनिजा जस्तो कोसा फल्ने त्यस विरुवाको कोसा मात्र हैन पात पनि बिक्री हुन्छ । औषधि उत्पादन गर्ने कम्पनीले किन्ने गर्छन । यस जडीवुटीलाई आगामी बर्षमा ८ बिघा क्षेत्रमा लगाउने तयारी गरिएको छ । त्यस्तै ड्राईगनका सयौं विरुवा ल्याई सकिएको छ । उक्त विरुवा भारतको कलकता बाट ल्याईएको हो । केही नमुनाको रुपमा रोपिएका ड्राईगन फलेर पाक्न थालेको छ ।

मौसमी फल र तरकारीलाई पनि प्रर्थमितामा राखिएको छ । यस सिजनमा १० कठ्ठामा खरबुजा लगाईको थियो दुईकिलो देखि १२ किलो सम्मको फल लागेको स्थानियहरुले बताएका छन । लकडाउनका कारण लिम्बुले खरबुजा काठमाडौं पठाउन सकेनन र उत्पादनको एक भाग स्थानियहरुले दुईचारवटा गर्दै किनेकै भरमा सातलाख भन्दा बढीको खरबुजा बेचेको लकडाउन नभएको भए २५ लाख बराबर रकम आर्जन हुने बताए ।
लिम्बुले सुरुगरेको कृषि फर्म केवल व्यक्तिगत लाभको लागि मात्रको बनाएका छैनन । कृषि सम्बन्धी औपचारिक अध्ययन नगरे पनि लिम्बु यतीवेला कृष बिज्ञ नै बनेका छन अरुलाई कृषि सम्वन्धी अवसर र चुनौतीको पढाउन सक्ने भएका छन । यो उपलब्धी उनको दैनिक भोगाई गराईर र अनुभावको उपच हो । अब झापाकै सबै खोला किनारका जमिनलाई कागती खेती गर्न तर्फ सम्बन्धीत क्षेत्रका कृषक हरुलाई आवहान पनि गरेका छन । उनको भनाई अनुसार नेपालमा कागतीको माग उच्च छ माग अनुसार नेपालमा २० प्रतिशत पनि उत्पादन भईरएको छैन, अझै ८० प्रतिशत उत्पादनको लागि बजारले नेपाली कृषक तर्फ बाटो हेरिरहेको छ । त्यस्तै अरु कृषि उत्पादन पनि उत्तिकै नेपालको हकमा माग अनुसारको उत्पादन भएको छैन ।
हरेक पालिकाका खोला किनारमा प्रयोग विहिन बनाईएका जमिनलाई खनजोत गर्ने हो भने कोही पनि युवाले विदेश गएर जोखिम पूर्ण काम गर्नुपर्दैन । विदेशमा जसरी लगनशिल भएर काम गरिन्छ त्यसैगरी यहाँ गर्ने हो भने यहाँको तुलनामा विदेशको कमाई केही पनि होईन लिम्बु भन्छन । उनि थप्छन यदी कोही युवाहरु कृषि क्षेत्रमा कर्मगर्ने दृढता राख्दै जानकारी लिन चाहानु हुन्छ भने आफूले जानेको कुरा निसंकोच जहिले जहाँ पनि पुगेर सिकाई दिने बचन पनि प्रकट गरेका छन । उनको एउटै सपना छ नेपाल कृषि प्रधान देश नामको मात्र होईन कामकै बन्न सकोस ।

Leave a comment

Your email address will not be published. Required fields are marked *