क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लागउने किशोरीको उमेर विवादका कारण लामो समयदेखि मुद्दाको टुंगो लाग्न सकेको छैन ।

यसअघि काठमाडौं जिल्ला अदालतले किशोरीको वडाबाट र अस्पतालबाट जन्ममितिको कागजात मगाएको थियो । उक्त कागजातको उमेरका विषयमा पनि विवाद भएपछि पछिल्लो पटकको सुनुवाईले पुन: वडा र अस्पतालबाट कागजात झिकाउन आदेश दिएको थियो ।

वडा र अस्पतालले पुन कागजात पठाइसकेका बताइएको छ । पर्साको नारायणी अस्पताल र नुवाकोटस्थित किशोरीको वडा कार्यालयले कागजात दोस्रो पटक पठाएका हुन् ।

यसअघिको कागजातको मिति पहिलै सार्वजनिक भएपनि यो पटक भने इजलासमै खोल्ने तयारी रहेको बताइएको छ । किशोरीको जन्म मिति २०६१ असार १८ गते कि २०६२ असार १८ गते भन्ने विवाद छ।

किशोरीले २०६२ को जन्म मिति रहेको कागजात पेश गरेकी छन्। तर सन्दीप पक्षले २०६१ सालको जन्मका कागजात पेश गरेपछि किशोरीको उमेर विवाद भएको हो।

किशोरीको कागजातमा फरक फरक मिति देखिएको छ । जसले यो मुद्दामा जटिल बनाएको छ । सन्दीपका वकिलले स्थानीय निकायमा गरिएको जन्मदर्ता २०६१ असोज १८ गते जारी भएको तर किशोरीको उक्त जन्ममिति २०७९ साल असार १४ गते सच्याएर त्यसको भोलिपल्ट नागरिकता बनाएको भेटिएको जिकिर गरिरहेका छन् । तर, किशोरीले प्रहरी र अदालतमा पेश गरेको जन्मदर्ता नागरिकतामा उनको जन्ममिति २०६२ जेठ १८ उल्लेख छ ।

त्यसको आधारमा उनको उमेर १७ वर्ष ४ महिनामात्र हुन्छ । यदी सन्दीपका वकिलले पेश गरेको कागजात सही ठहरिएमा उनी नाबालिका रहदिनन् ।

By Desk

Leave a Reply

Your email address will not be published. Required fields are marked *