सबैको घरमा हुने सामान्य प्रक्रिया हो एक समय पकाएको खाना फेरि तताएर खानु । यो सामान्य लागेपनि कतिपय खानेकुरा फेरि तताएर खानु निकै हानिकारक हुन्छ । कतिपय यस्ता खानेकुरा पनि छन्, जुन पुन: तताएर खाँदा क्यान्सर जस्तो भयानक रोगको समेत खतरा हुन्छ । आज हामी त्यस्ता खाने कुराको बारेमा जानकारी दिन्छौँ ।

कुखुराको मासु: कखुराको मासुलाई दोहोराएर तताएर खानु हानिकारक हुन्छ किनकनी यसमा पाइने प्रोटिन कम्पोजिशन पुन: तताउँदा बदलिन्छ, जसको कारण पाचन सम्बन्धी समस्या हुन्छ । आलु: तरकारीको राज मानिने आलुलाई स्वास्थ्यबर्धक मानिन्छ । आलुको परिकारलाई लामो समयसम्म राख्दा यसमा भएको पोषक तत्व नास भएर जान्छ साथै आलुको परिकारलाई पुन तताएर खाँदा पनि पाचन सम्बन्धि समस्या देखिन्छ । चुकन्दर: चुकन्दरलाई पनि दोराएर तताउनु हुँदैन । यसको परिकारलाई पुन: तताउँदा यसमा पाइने नाइट्रट नाश भएर जान्छ ।

च्याउ: च्याउ सकेसम्म सधैँ ताजा नै खानुपर्दछ । च्याउलाई प्रोटिनको भण्डार नै मानिन्छ । पकाएको च्याउलाई फेरि तताएर खाँदा यसमो पाइने प्रोटिनको कम्पोजिसन फेरिन्छ जुन स्वास्थ्यको लागि निकै हानिकारक हो । त्यस्तै एक पटक पकाईसकेको खाने कुरा पुन: तताउन नहुने सूचीमा अण्डा र पालुङ्गोको साग पनि पर्दछ । यि माथि उल्लेखित खानेकुरा पुन: तताउँदा यसमा पाईन प्रोटिन नष्ट भई उत्पन्न तत्वले क्यान्सर निम्त्याउन सक्छ ।

By Desk

Leave a Reply

Your email address will not be published. Required fields are marked *