काठमाडौँ : लोकप्रिय गायिका अञ्जु पन्तको नयाँ गीत ‘एक चिम्टी सिन्दूर’ सार्वजनिक भएको छ । सेन्टिमेन्टल शैलीमा तयार गीतमा सबिता पोखरेलको शब्द तथा सरोज कोइरालाको संगीत छ । गीतको संगीत संगीत संयोजन विष्णु अधिकारीले गरेका हुन् ।

गीतको म्यूजिक भिडियोमा लोकप्रिय कलाकार सागर लम्साल ‘बले’, अन्जली अधिकारी र समिक्षा क्षेत्रीको त्रिकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ । ‘एक चिम्टी सिन्दूर’ कोही लाएर रुन्छन् कोही लाउन नपाएर रुन्छन् भन्ने भावभित्र मायाप्रेम, धोका र विश्वासघातका विषयहरु भिडियोमा देखाउन खोजिएको छ ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा नविन उप्रेतीको सम्पादन छ ।

By Desk

Leave a Reply

Your email address will not be published. Required fields are marked *