काठमाडौँ : भारतीय फिल्म इन्ड्स्ट्री या टिभी इन्ड्स्ट्रीमा आफ्नो फरक स्थान बनाउन हरेक कलाकारले निकै कठिन परिश्रम गर्नुपर्ने हुन्छ। कसैले धेरै पटक रिजेक्सन झेलेको हुन् सक्छ, त कसैले डायरेक्टरको यस्तो शर्त सुन्नुपर्छ जुन पूरा गर्न लगभग असम्भव जस्तै हुन्छ र यहीँ कारण कलाकारले रोल गुमाउँछन्।

एक डायरेक्टरको यस्तै डिमाण्डको खुलासा टिभी एक्ट्रेस डोनल बिष्टले गरेकी छिन्। डोनल बिष्टले आफूसँग भएको कास्टिङ काउचको भयानक किस्सा शेयर गरेकी छिन् जसमा डायरेक्टरले उनलाई रोल दिनको लागि सँगै सुत्न डिमाण्ड गरेका थिए।

अचानक निकालिईन् शोबाट बाहिर

मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा डोनलले आफ्ना सङ्घर्षका दिनहरु याद गर्दै बताइन, ‘केही वर्ष अगाडीको कुरा मलाई कुनै शो को लागि सेलेक्ट गरिएको थियो। पैसाको कुरा पनि भईसकेको थियो। र साथै शूटिङको मिति पनि दिईसकेको थियो। तर अचानक खबर आयो कि मलाई शोबाट निकालिएको छ र अरु नै एक्ट्रेसलाई त्यो रोल दिइएको छ। त्यति बेला म लगायत मेरा सम्पूर्ण परिवारलाई यकिन भयो कि यो पूरा इन्ड्स्ट्री फेक हो, मुम्बईका मानिस केवल झुट मात्र बोल्छन्।’

डायरेक्टरले गरे आफूसँगै सुत्न डिमाण्ड

डोनलले बताइन कि शोबाट निकालिएपछि अभिनयको भोक झन् बढ्यो। मैले थुप्रै अडिसन दिए तर फेरी यसैबीच एक अर्को घीनलाग्दो घटना घट्यो जुन साउथ फिल्म इन्ड्स्ट्रीसँग जोडिएको छ। साउथका एक फिल्ममेकरले मलाई रोल दिने बाचा गरे साथै उनीसँग एक रात सुत्नु पर्ने डिमाण्ड पनि राखे। मैले तुरुन्तै उनीविरुद्द प्रहरीमा उजुरी दिए किनकी म आफ्नो कामको पूजा गर्छु। मलाई थाहा थियो इन्ड्स्ट्रीमा आउन र यहाँ स्थापित हुन् धेरै सङ्घर्ष गर्नुपर्नेछ।

तर म यहाँ सही मार्गमा हिडेर आफ्नो अलग स्थान बनाउन चाहन्थे। यस घटनाले मलाई मनोवैज्ञानिक रुपमा धेरै असर गर्यो। म त्यतिबेला भर्खर मुम्बई आएकी थिई। तर पछि मलाई ज्ञात भयो कि पूरा इन्ड्स्ट्री खराब छैन यहाँ केही मान्छेहरु मात्र खराब छन्। डोनल बिष्ट एक्ट्रेस बन्नु अघि जर्नालिस्ट थिईन् र एक न्युज च्यानलमा काम गर्थिन्। उनले दूरदर्शनको शो ‘चित्रहार’ मा पनि एंकर गरेकी थिईन्।

By Desk

Leave a Reply

Your email address will not be published. Required fields are marked *