काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चलेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको एक टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो । ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।
प्रहरीको फायरिङमा एक लागूऔषध कारोबारीलाई घुँडामुनि गोली लागेको छ । घाइतेलाई उपचारका लागि अस्पताल लगिसकिएको छ । निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको एसपी जोशीले जनाए ।