काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश गरिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाएसम्म महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन्।

उनले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन्। ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभइ भारतमा पनि सच्चिदैन, तबसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन,’ उनले भनेका छन्।

उनले उक्त शब्द सच्याउन तीन दिनको समयसमेत दिएका छन्। उनले भनेका छन्, ‘यो सच्याउन तीन दिनको समय दिइएको छ। माता सीताको जय होस्।’ ओम राउतको निर्देशनमा बनेको चलचित्र शुक्रबारदेखि रिलिज हुँदैछ।

By Desk

Leave a Reply

Your email address will not be published. Required fields are marked *