काभ्रे — काभ्रेमा लागूऔषध (खैरो हिरोइन) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको बनेपा नगरपालिका ८ बाट एक जना महिला र एक जना पुरुषलाई खैरो हिरोइनसहित शुक्रबार इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार जेठ ३२ गते राति ८ बजेको समयमा बनेपा–८ बाट भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका ९ का एक युवक र काभ्रे तेमाल गाउँपालिकाकी एक युवतीलाई लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट प्रहरीले खैरोहेरोइनजस्तो देखिने पदार्थ ६५ ग्राम, डिजिटल तराजु १ थान, ३ लाख १९ हजार रुपैयाँ र आइफोन-११ एक थान बरामद गरेको प्रहरी नायव उपरीक्षक बोहोराले जानकारी दिए ।

उनका अनुसार उनीहरुमाथि असार १ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

By Desk

Leave a Reply

Your email address will not be published. Required fields are marked *