६. भूमिका चावला(Bhumika Chawla) :

फिल्म ‘तेरे नाम’ बाट दर्शकहरुका दिलमा राज गर्न सफल अभिनेत्री भूमिका चावलाले दक्षिण भारतीय चलचित्र उद्योगमा थुप्रै हिट फिल्महरु दिए पछि बलिउडमा अवसर पाएकी थिईन्। भूमिकाले भलै तेलुगु र तमिल सिनेमामा थुप्रै फिल्महरुमा काम गरेको भए पनि उनी दक्षिण भारतीय नभई भारतको राजधानी दिल्लीकी हुन्।

७. नम्रता शिरोडकर(Namrata Shirodkar) :

अभिनेत्री नम्रता शिरोडकरले ‘वास्तव’ र ‘पुकार’ जस्ता बलिउड फिल्महरुमा काम गरेकी छिन्। उनी सन् २००५ मा दक्षिण भारतीय चलचित्र उद्योगका सुपरस्टार महेश बाबूसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन्। नम्रता दक्षिण भारतकी नभई मुम्बईकी हुन्।

८. तापसी पन्नू(Taapsee Pannu) :

बलिउडमा फिल्म ‘नाम शबाना’, ‘पिकु’ र ‘जुडवा-२’ जस्ता फिल्महरुमा काम गरिसकेकी अभिनेत्री तापसी पन्नू पनि दक्षिण भारतीय हैन। उनी दिल्ली निवासी हुन्। उनी ३० वर्ष अघि सन् १९८७ अगस्ट १ मा नयाँ दिल्लीमै जन्मिएकी हुन्।

९. तमन्ना भटिया(Tamannaah Bhatia) :

मेगाब्लकबस्टर फिल्म ‘बाहुबली’ को अभिनेत्री तमन्ना भटियाको सुन्दरता र अभिनयको चर्चा बलिउडमा पनि खुबै चर्चा हुने गर्छ। उनले थुप्रै बलिउड फिल्महरुमा काम गरेकी छिन् जसमा अजय देवगनसँगको हिम्मतवाला र अक्षय कुमारसँगको फिल्म ‘इन्टरटेन्मेन्ट’ सामेल छ। विशेषत: दक्षिण भारतीय फिल्म उद्योगमा काम गर्ने अभिनेत्री तमन्ना मूलरूपमा पञ्जाबकी हुन्।

१०. चार्मी कौर(Charmy Kaur) :

अन्त्यमा हामी चर्चा गरौँ दक्षिण भारतीय चलचित्र उद्योगकी एक अर्को लोकप्रिय अभिनेत्री चार्मी कौरको बारे। चार्मी दक्षिण भारतीय चलचित्र उद्योगका थुप्रै हिट फिल्महरुमा आइटम नम्बर र साइड रोलमा देखिएकी छिन्। तर तपाईलाई शायद थाहा नहुन सक्छ उनी मुम्बई निवासी हुन्। एजेन्सी

By Desk

Leave a Reply

Your email address will not be published. Required fields are marked *