काठमाडौं – केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले २५० सीसीका दुई बाइकको मूल्य ५० हजार रुपैयाँको दरले घटाएको छ ।
केटीएमका दुई बाइक केटीएम २५० ड्युक र २५० एड्भेन्चर गरी दुई बाइकको मूल्य ५० हजार रुपैयाँ घटेको छ ।
केटीएम २५० ड्युकको मूल्य पहिले ७ लाख ८५ हजार रहेकोमा अब ७ लाख ३५ हजार भएको छ भने केटीएम २५० एड्भेन्चरको मूल्य पहिले ७ लाख ५० हजार रहेकोमा अब ७ लाख रुपैयाँ कायम गरिएको हो ।
पछिल्लो समयमा माथिल्लो भर्सनका बाइकको मूल्य घटाउने क्रमलाई कम्पनीहरुले जारी राखेका छन् । नयाँ बजेटमार्फत यी बाइकको कर घटाइएका कारण बाइकको मूल्य समेत घट्ने भएको हो ।
नेपाली बजारमा केटीएमका बाइक युवा पुस्ता माझ लोकप्रिय छन् ।