काठमाडौँ – काठमाडौँ महानगरपालिकाभित्र भोलिदेखि भारतीय चलचित्र चल्न नदिने मेयर बालेन शाहको घोषणाबारे कलाकार दीपकराज गिरीले प्रतिक्रिया दिएका छन्।

उनले समस्या ‘आदिपुरुष’चलचित्रले निकालेको हुँदा सबै भारतीय चलचित्र बन्द गर्न नहुने बताएका छन्। समस्या आदिपुरुषको भएको हुँदा उक्त चलचित्रलाई मात्रै प्रदर्शनमा रोक लगाउनुपर्ने उनको भनाइ छ।

सबै भारतीय चलचित्रमाथि रोक लगाउँदा गलत अर्थ लाग्ने उनले बताएका छन्। ‘समस्या आदिपुरूषले निकालेको हो, त्यसैले आदिपुरुष मात्रै बन्द गरौँ!! उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि? उताबाट त धेरै कुरा आउँछ,’ उनले फेसबुकमा लेखेका छन्।

‘आदिपुरुष’ चलचित्रमा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नहाटाइएको भन्दै मेयर शाहले सोमबारदेखि काठमाडौँ महानगरभित्र भारतीय चलचित्र चल्न नदिने बताएका छन्।

By Desk

Leave a Reply

Your email address will not be published. Required fields are marked *