भारतीय चलचित्र ‘आदिपुरुष’ का गीतकार एवं डाइलग लेखक मनोज मुक्तिशिरले नेपाल भारतबाट अलग भएको दावी गरेका छन ।

भारतीय टेलिभिजन ‘आज तक’संग कुराकानी गदै उनले नेपाल भारतबाट १९०३/१९०४ तिर मात्रै अलग भएको दावी गरेका हुन ।

कुराकानीका क्रममा उनले भने,‘नेपाल भारतकै भू भाग थियो । त्यसैले सीता भारतकै छोरी हो भन्ने कुरामा नेपालले आपत्ति जनाउनु पर्ने कारण म देख्दिन ’। चलचित्रमा मैले प्रयोग गरेको डाइलगको विषयमा ‘नेपालमा भएको विरोध मैले बुझ्न सकिरहेको छैन। किनभने जबकि रामायणको समयमा नेपाल भारतकै अंश थियो। यदि हामीले सीता भारतकै छोरी भन्दै छौ भने यसमा नेपालले आपत्ति जनाउनु पर्ने कुनै कारण नै छैन। नेपाल त हाम्रो भाइ जस्तो हो। म नेपाललाई हामी भन्दा अलग नै मान्दिन। भू भागको विषयमा नेपाल भारत अहिले अलग हुन सक्छन् तर राष्ट्रको आधारमा नेपाललाई आज पनि म भारत नै भन्छु।’ उनले टेलिभिजन अन्तरवार्तामा भनेका छन्।

‘आदिपुरुष’ का कैयौँ संवादलाई लिएर हाल सामाजिक सञ्जालमा विवाद चर्किएको छ भने सीताको चरित्रसँग जोडिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नेपालमा विवाद सिर्जना भएको छ।

यस फिल्ममा सीतालाई ‘भारतकी छोरी’ भनिएको छ। यस अघि काठमाडौं महानगरका प्रमुख बालेन शाहले यो संवादमा आपत्ति जनाएका थिए। उनले ‘आदिपुरुष’ मा समावेश वाक्य नसच्याए नेपालमा फिल्म चल्न नदिने चेतावनी समेत दिएका थिए।

‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक अंश हटाउन पहल गर्न आग्रह गर्दै उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र समेत लेखेका छन्। उक्त फिल्म यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने पत्रमा उल्लेख छ।

By Desk

Leave a Reply

Your email address will not be published. Required fields are marked *