काठमाडौं : वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ ठूलो धादिङ घर भई हाल काठमाडौंको गोकर्णेश्वर–८ मा बस्ने ३६ वर्षीय बिसु लामा पक्राउ परेका हुन्।

उनले ताराबहादुर वलीलाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु र त्यहाँ आकर्षक तलब हुने आश्वासन दिई प्रलोभनमा रकम लिई सम्पर्कविहीन भएको आरोपमा काठमाडौंको बौद्धबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

By Desk

Leave a Reply

Your email address will not be published. Required fields are marked *